रौतहट, १७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का बजरंगी प्रसाद यादव विजयी हुनु भएको छ। यादवले ६५५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो।
यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की जीउती देवी यादवले ६३१ मत प्राप्त गर्नु भएको थियो। त्यस्तै, कांग्रेसका सुवोद कुमार यादव ६१७ मतका साथ तेस्रो स्थानमा रहनु भएको छ।

