दमक, १९ मंसिर । जनता समाजवादी पार्टी निकट समाजवादी महिला संघ जिल्ला कमिटी झापा रुपान्तरण गरिएको छ ।
चिजा राईको अध्यक्षतामा रुपान्तरित १५ सदस्यीय जिल्ला कमिटी झापाको उपाध्यक्षद्धयमा सोनी मुखिया राई, मिठुमाया सार्की, सचिवमा दिपा आङदेम्बे उपसचिवमा दिपा राई, पूर्णमाया मगर र कोषाध्यक्षमा धनकुमारी राई चयन भएकी छन् ।
जनता समाजवादी पार्टी उपाध्यक्ष तथा संघीय सांसद सुशिला श्रेष्ठको प्रमुख आतिथ्यता र केन्द्रिय राजनीतिक समिति सदस्य, प्रदेश न १ का पूर्व स्वास्थ्यमन्त्री एवं माननीय सदस्य निर्मला तावा लिम्बुको बिशिस्टमा आज बिर्तामोडमा सम्पन्न जिल्लास्तरिय भेलाले समाजवादी महिला संघ जिल्ला कमिटी झापा गठन गरिएको हो ।
समाजवादी महिला संघ जिल्ला कमिटी झापा संयोजक विनिता राजवंशीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु धनप्रसाद गुरुङ, कृष्ण उदास, चन्द्रा थापा, प्रदेश सचिव राम माण्डुपा लगायत प्रदेश र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
