दमक, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी दमक नगर कमिटी तथा दमक बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार दमकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको छ ।

क्याम्पसमा आयोजित रक्तदानमा विद्यार्थीहरुसहितका सर्वसाधारण रक्तदाताहरुले रगतदान गरेका छन् । रक्तदानमा क्याम्पसमा अध्यनरत विएससी प्रथम बर्षका बिद्यार्थीहरुलाई रक्तदान सम्बन्धी जनचेतनामूलक प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

रगतदान सम्बन्धी अभिमुखीकरणको सहजीकरण जीवन चक्र समाज नेपालका अनुशासन समितिका संयोजक बासुदेव काफ्ले, स्वास्थ्य समितिका सिद्धार्थ दाहालले गरेका थिए ।

रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा भएको थियो ।रगतदानमा माओवादी केन्द्र दमक नगर कमिटीका अध्यक्ष रवि बस्नेत लगायतका पार्टीका नेता,कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *