दमक, २१ मंसिर । कमल गाउँपालिका ५ मंगलबारे बजारमा कार्यालय रहेको नेपाल रेडक्रस सोसाइर्टी कमल उपशाखाले आज (शुक्रबार) विभिन्न कार्यक्रम गरि १२औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
मंगलवारेस्थित रेडक्रस सोसाइर्टी कमल उपशाखाको सभाहलमा विभिन्न क्षेत्रका व्याक्तित्वहरुलाई सम्मान लगायतका कार्यक्रम गरि १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा रेडक्रसले पालिकाभित्रका विद्यालयस्तरमा गठन गरेको युवा रेडक्रस सर्कलहरुमध्ये उत्कृष्ठ हुने सामुदायिक विद्यालयतर्फ कमल २ को मदनआश्रित स्मृति मावि र संस्थागततर्प कमल-५ को स्मारिका सामुदायिक बोर्डिङ स्कूललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
यसैगरि, रेडक्रसको संस्थागत हितमा उल्लेखनीय योगदान पुरयाँएको भन्दै कमल गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्लेलाई सम्मान गरिएको थियो ।
ती प्रशंसासहित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकाल, विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, रेडक्रस कमल उपशाखाका सभापति चन्द्र साह लगायतले प्रदान गरेका थिए ।
उपशाखाकी उपसभापति चन्द्रकला भण्डारीले स्वागत मन्तव्य राखेको सभामा रेडक्रस कमल उपाशाखाका सचिव पारषमणि राईले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रमोदकुमार दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोहि सभाको बन्दसत्रले दुवै प्रतिवेदनलाई सुझावसहित पारित गरिएको उपशाखाका उपसचिव विष्णु सुब्बाले बताए ।
उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको सभामा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, रेडक्रसका सल्लाहकार दिपेनवाला राई, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले रेडक्रस कमल उपशाखाको विविध गतिविधिका बिषयमा आफनो विचार राखेका थिए ।
उपशाखा अन्तगर्त हाल ३ सय बढी आजीवन ,विशिष्ट, यशस्कर सदस्यहरु रहेको बताईएको छ ।
ल्यावका लागि दाहाल परिवारबाट सहयोग
रेडक्रस उपशाखाका पूर्व सल्लाहकार संयोजक स्व.पूर्णानन्द शर्मा र उनकी धर्मपत्नी स्व.रमा शर्मा दाहालको स्मृतिमा उनका परिवारले रेडक्रसलाई मासिक १० हजार रुपैया दिने घोषणा गरेका छन् ।
रेडक्रस कमल उपशाखाले ज्येष्ठ समुदायलाई लक्षित गरि आफै ल्याव सञ्चालनको प्रकृया अघि बढाईरहेकाले त्यसमा सघाउँ पुरयाँउन दाहाल परिवारले उक्त घोषणा गरेका हुन् । रगत तथा पिसावको जाँच परीक्षण गर्न रेडक्रसले ल्याव (प्रयोगशाला) स्थापना गर्न प्रकृया थालिएको सभापति साहले बताए । रेडक्रसकै कार्यालयमा ल्याव सञ्चालन गर्ने लक्ष्य राखिएको उनले जनाए ।
क्मल ५ निवासी राजनीतिक तथा सामाजिक व्यक्तित्व शर्माको गतवर्ष ८५ वर्षको उमेरमा निधन भएको थियो । दाहाल परिवारका सुपुत्र प्रमोद कुमार दाहाल रेडक्रस उपशाखाका कोषाध्यक्ष हुन् । पिताजीको सोच र विचारलाई पूरा गर्न आफूहरुले सो सहयोग गर्ने कोषाध्यक्ष समेत रहेका दाहालले बताएका छन् ।
