शिबगन्ज, २१ मंसिर । चिसो मौसममा विद्यार्थीहरु पठनपाठनका लागि नियमित बिद्यालयमा हाजिर गराउने उदेश्यले झापाको शिबसताक्षी-६ शिबगन्ज वडा कार्यालयले न्यानो कपडा बितरण गरेको छ ।

शिबसताक्षी-६ हल्दिबारीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा आज (शुक्रबार) एक कार्यक्रम आयोजना गरेर त्यहाँ अध्ययनरत एक सय १० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेम पौडेलको अध्यक्षतामा र वडा अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको थियो । वडा भित्रका सामुदायिक विद्यालयहरुबीच विपन्न अवस्थाका नानीबाबूहरु अध्ययन गर्ने विद्यालय छनौट गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी गराउनुभयो ।

सो अवसरमा प्रमुख अतिथी एबम् शिबसताक्षी ६ का वडाध्यक्ष कार्कीले कमजोर आर्थिक अवस्थाका नानीबाबूहरुलाई विद्यालय नियमित आउने बातबरण निर्माण गर्न न्यानोकपडा बितरण गरिएको बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार यतिवेला चिसो मौसम छ, घरमा नानीबाबूहरु खेल्छन् र रमाउँछन् । तर, उनीहरु पठनपाठका लाागि विद्यालय आउन न्यानो कपडा अभावले नियमित आउँदैनन् । विद्यालय नियमित नभएपछि उनीहरुको पठनपाठन बिग्रन्छ ।

प्रधानध्यापक कृष्णप्रसाद गुरुगाईले सहजिकरण गर्नुभएको सो कार्यक्रममा न्यानो कपडा अभावकै कारण नानीबाबुहरुविद्यालयमा नियमित हाजिर हुन नसकेको बताउनुभयो ।

विद्यालयकी शिक्षिका कमला पौडेलले स्वागत मन्तब्य गर्नुभएको कार्यक्रममा वडा सदस्य गीता दर्जी लगायत स्थानीयवासी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सदस्यहरु र विद्यार्थी, शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *