फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काभ्रेपलान्चोक, ८ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व पूर्वमन्त्री माधवकुमार नेपालले तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी ओलीलगायत अन्य चार नेताले गणतन्त्र सम्भव नभएको भनी फरक मत दर्ज गरेको बताउनुभएको छ।

काभ्रे जिल्ला कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले फरक मतमा हस्ताक्षर नै गर्ने नेताहरूमा विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, मुकुन्द न्यौपानेलगायतका नेताहरु रहेको बताउनुभएको हो।

अध्यक्ष नेपालले इतिहास सम्झदै भन्नुभयो, ‘निज व्यक्तिहरुले गणतन्त्रको विपक्षमा मत राखेका थिए। तीन नेताहरुले त विमति हस्ताक्षरनै गरे। तर, ओलीले चाहिँ असहमति मात्रै राखेका हुन्। उनी गणतन्त्रको विरोधी हुन भन्ने प्रष्टछ। त्यो उनको अधिनायकवादी शैलिले देखाएको छ। त्यतिबेला एमालेले गणतन्त्र नचाहेको र अहिले उनै नेता ओली प्रधानमन्त्री भएका छन्, । तिनले कस्तो गणतन्त्र स्थापित गर्छन् भनी अध्यक्ष नेपालले प्रश्न गर्नु भएको छ।

बर्तमान सरकारले मजदुर, कृषक र भुइमान्छेको पक्षमा काम नगरेको उहाँको आरोप छ। युवाहरु विदेशबाट फर्किएर नेपालमा कृषिको क्षेत्रमा लगानी गरिरहेका छन्, तर दुग्ध संस्थाले दूध किनि दिदैन्। कृषकका फलफूल,तरकारी विक्रि भएको छैन्। सरकारले बरु विदेशबाट सामान ल्याउन तयार हुन्छ, किनभने त्यहाँबाट मोटो रकम कमिसनको खेल हुन्छ।

अबको दिनमा किसानको उत्पादन सरकारले किनि दियो भने मात्रै कृषक बाँच्न सक्छ उहाँको भनाइ थियो। सरकारले नयाँ रणनीति बनाएर काम नगरे युवाहरु फरि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको तितो सत्यलाई उजागर गर्दै उहाँले एकीकृत समाजवादीका नेता र जनप्रतिनिधिले यस्तो बाटो अबलम्वन गर्नु पर्नेमा जोड दिनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *