डा.भीम रावल

काठमाडौँ, १० पुस–नेकपा (एमाले) ले नेता भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। आज (बुधबार) बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उनलाई कारबाही गरिएको हो।

उनका अनुसार सो विषयमा बोल्ने बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ। उनीहरू तीनै जनाले उपहारमा जग्गा लिन नहुने अडान राखेका थिए।

यसपछि गत कात्तिक ४ गते एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा।बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोधेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *