दमक, १० पुस–आज येशु ख्रीष्टको जन्मदिन । यस दिनलाई इसाई धर्मालम्वीहरुले बडादिन अर्थात ख्रीष्टमस डे भनेर हर्षो–उल्लासमय गरी चार्डपर्व मनाउने गर्दछन् ।

ख्रीष्टमसको अवसरमा झापाको दमकका इसाईहरुले आशिषमय प्रवचन, सुसमाचारिय सन्देश, प्रार्थनासहित सामाजिक सेवाहरु गरेका छन् । दमक नगरक्षेत्रमा झण्डै ४० को हाराहारीमा चर्चहरु स्थापना भएका छन् ।

यसैबीच आज, दमक–१ सुनौलो टोलस्थित आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीले ख्र्रीष्टमस कार्यक्रममा दुई जना शारिरिक अशक्त र १७ जना एकल आमा दिदीबहिनीहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुने अशक्ततर्फ दिलिप श्रेष्ठ र फौदसिंह थुलुङ रहनुभएको छ भने एकल महिलाहरुमा नरमाया राई, रणमाया श्रेष्ठ, बिना श्रेष्ठ, शान्तिदेबी खड्का, सिता श्रेष्ठ, जसमाया पाण्डे, चन्द्रा श्रेष्ठ, कृष्णकुमारी दुलाल, आशा राई, पवित्रा राई, निशा सोनाम, सन्तकला राई, जयहिरा राई, हेमा तोलाङ्गी, आशा राई, बुद्धमाया लिम्बू, मानमाया पुरकोटी हुनुहुन्छ ।

वहाँहरुलाई कार्यक्रमका अध्यक्ष पाष्टर आकाश थुलुङ राई, प्रमुख अतिथी दमक–१ का अध्यक्ष हरिप्रसाद न्यौपाने, सुनौलो टोल विकासका अध्यक्ष राजकुमार बान्तावा, स्थानीय अग्रज व्याक्तित्व मानबहादुर कार्की, एल्डर शरण रणपहपेली, एल्डर सुरज लिम्बू, एल्डर पावल राई र एल्डर शहरमान राईले खादा ओढाउनुका साथै मायाको चीनेसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीका मुख्य गुरु पाष्टर आकाश थुलुङको अध्यक्षतामा भएको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी हरिप्रसाद न्यौपाने, सुनौलो टोल विकास संस्थाका अध्यक्ष राजकुमार बान्तावा, स्थानीय अग्रज व्याक्तित्व मानबहादुर कार्की र पत्रकार अनिलदेब राईले आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रम संयोजक मनशोभा लिम्बूले ख्रीष्टमस र प्रभु येशु ख्रीष्टको जीवन, त्याग, आदर्श, उद्धार र मुक्तिको बिषयमा बोल्नुभएको थियो ।

मण्डलीका एल्डर पावल चाम्लिङ राईले कलात्मक र मनोरञ्जनात्मक सञ्चालन गर्नुभएको कार्यक्रममा एल्डर शहरमान राईले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तैं, कार्यक्रममा मण्डलीका एल्डर सुरज लिम्बूले अतिथीहरुलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

मण्डलीका आमा दिदीबहिनीहरुद्धारा पाष्टर आकाश थुलुङ राई, वहाँकी जीवनसंंगिनी शारादा राईलाई मायाको चीनोसहित सम्मान गर्नुभएको थियो । त्यसैगरी, एल्डर पावल राई, एल्डर सुरज लिम्बु, एल्डर शरण रणपहेली र एल्डर शहरमान राईसहित वहाँहरुका जीवनसंगिनीहरुलाई सम्मान गर्नुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रमपछि मण्डलीका कलाकाहरुद्धारा गीतसंगीत र नृत्यहरु प्रस्तुत गरेका थिए । सो अवसरमा एल्डर शहरमान राईले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा एल्डर शरण रयापहेलीले सुरुको प्रार्थना गर्नुभएको थियो । त्यसैगरी, पाष्टर आकाश थुलुङसहित अतिथीहरु र एल्डरहरुले कार्यक्रममा केक काट्नुभएको थियो भने समापनमा धन्यवाद मन्तव्यसहित पाष्टर थुलुङले प्रार्थना गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *