दमक, १२ पुस–नेपाली कांग्रेस दमकका पूर्व नगर सभापति जितबहादुर खड्काको ७१ वर्षको उमेरमा निधन भएको छ । दमक ८ निवासी कांग्रेस नगर पूर्व सभापति खड्कको आज साँझ ७।५ वजे आफनै निवासमा निधन भएको हो ।
स्व.खड्का २०५३ सालमा कांग्रेस दमक नगर सभापति भएका थिए । त्यस्तै, सरकारबाट मनोनित भएर २०५८ सालमा दमक नगर विकास समितिको अध्यक्ष समेत भएर काम गरेका थिए ।
लमोसमय पार्टीमा संलग्न भई विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिआएका उनी केहि वर्षदेखि अस्वस्थ्य रहेका थिए । स्व। खड्काका श्रीमती र तीन जना छोराहरु रहेका छन् ।
स्व=खड्काको पार्थिव शरीरलाई भोलि शनिबार बिहान १० बजे कन्काईमाई धाममा अन्तिम दाहसंस्कार गरिने खड्का पारिवारिक स्रोतले जनाएको छ ।
यसैवीच, पूर्व सभापति खड्काको शव दमक कांग्रेसको पार्टी कार्यालयमा विहान १० वजे केहि वेर पार्टीका शुभचिन्तक, शुभेच्छुकहरुबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरिने र त्यहाँदेखि शवयात्रा निकालेर घाटतर्फ लैजाने कार्यक्रम रहेको जनाईएको छ ।
स्व। खड्काको निधन प्रति भोलि १३ पुसमा दमकमा आयोजना गरिएको कांग्रेस दमकको नगर भेला अर्को सूचना न–आउन्जेल सम्मका लागि स्थगित गरिएको कांग्रेस नगर सभापति प्रकाश प्रसाईले बताए ।

