दमक, १२ पुस–झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकाको वडा नं ७ झर्काहास्थित अरनिको प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुको लागि स्कूल ब्याग वितरण गरेको छ ।

बिद्यालयमा एक कार्यक्रमको आयोजना गरेर बिहिबार सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक सय वटा स्कूल ब्याग वितरण गरेको हो । विद्यार्थीहरूको पठन–पाठनलाई थप सहज बनाउन स्कूल ब्याग बितरण गरिएको सहकारी संस्थाले जनाएको छ ।

सिम्रिक साकोसको वार्षिक कार्यक्रममा पर्ने सामुदायिक कार्यक्रम अन्तर्गत कमल–७ झर्काहास्थित अरनिको प्राथमिक विद्यालयका अति विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको सो सहकारी संस्थाका सञ्चालक नबीन योगीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एबम् कमल–७ का वडा अध्यक्ष पृथ्वीपति राईले ग्रामिण क्षेत्रको बिद्यालय र बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि सिम्रिक साकोसले गरेको सहयोग र योगदानको उच्च कदर गर्नुभयो ।

सहकारी संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा र कमल–७ का वडाध्यक्ष पृथ्बीपति राईको प्रमुख आतिथ्यताम ब्याग बितरण कार्यक्रम भएको थियो । ब्याग बितरणपछि बिद्यालकी प्रधानध्यापक मिनादेवी लावतिले सिम्रिक साकोरलाई धन्यवाद प्रकट गर्नुभयो ।

सहकारी संस्था सञ्चालक समितिका सदस्य नबीन योगीले संचालन गर्नु भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङकप्रसाद काफ्ले, पुर्ब विद्यार्थी अनु ताजपुरिया, स्थानीय अभिभावकहरु लगायतको सहभागिता थियो ।

२०२४ मा स्थापना भएको अरनिको प्राथमिक विद्यालयमा हाल ८८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

झापा, इलाम, मोरङसहित कोशी प्रदेशका चारवटा जिल्लाहरुमा सिम्रिक साकोसको सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *