काठमाडौं, १३ पुस–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । भीम रावललाई एमालेले बुधबार साधारण सदस्यबाट समेत हटाएको थियो ।

आज ९शनिबार० काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भूसालले रावललाई पार्टीमा आउन आग्रह गरेका हुन् । उनले नेपाल पार्टी नभएर नभई राम्रो पार्टी नभएका कारण दुःख पाएको भन्दै रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।

‘उहाँले के गर्नु हुन्छ भन्न सक्दिनँ । नेपाल राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु,’ महासचिव भूसालले भने ।

एमालेबाट निकालिएपछि भीम रावल कुनै पार्टीमा जाने पक्षमा नरहेको उनी निकटहरूले बताएका छन् । बरू नयाँ पार्टी खोल्ने तयारीमा रहेको निकटस्थहरू बताउँछन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *