मेटमणि चौधरी

काठमाडौं, १३ पुस–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले बर्तमान प्रधानमन्त्री केपी ओलीको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमिकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे।

श्रमिकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए।

वर्तमान ९कांग्रेस(एमालेको० सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ। अनौपाचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको बताए।

उनले भने, ‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरुको लागि बनेको सरकार हो। तपाईंहरु फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस्। हामी संसदमा गर्छौं, बोल्छौँ, सरकारलाई दबाब दिन्छौँ, तपाईंहरुको पावरको कारणले हामीले पनि त्यो खालको शक्ति संसदभित्र प्राप्त हुनेछ। सरकारलाई कुनैपनि हालतमा दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहको पक्षमा बनेको सरकारले कुनैपनि हालतमा हामीले झुकाउनुपर्छ। यसको लागि हाम्रो पार्टी तयार छ।ु

उनले श्रमीकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गरे। श्रमीकहरुले आफ्नो ठाउँबाट आन्दोलनको शुरुवात गर्न आह्वान गरे। श्रमीकको आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *