पुष्पकलम दाहाल 'प्रचण्ड'

दमक, १३ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पौष १५ गते सोमबार झापाको गौरीगञ्ज आउने भएका छन् ।

पुष १५ गते, सोमबार बिहान ११ बजे गौरीगञ्ज आएर साँझ काठमाण्डौं फर्कने तय भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेलाई सदस्यता प्रदान गर्ने कार्यक्रम रहेको छ ।

१५ गते करिब एक हजार सचेत नागरिक माओवादी केन्द्रमा प्रवेश गर्दैछन् । अध्यक्ष प्रचण्डको झापा आगमनलाई सार्थकता प्रदान गर्न विभिन्न उपसमिति बनेको पार्टीले जनाएको छ ।

पार्टी प्रवेशले झापाको शीर गौरीगञ्जबाट उठ्ने बैठकको निष्कर्ष रहेको उल्लेख छ । बैठकमा १५ वटै पालिकाका अध्यक्षसहित प्रदेश तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *