काठमाडौँ, १८ पुस–समाजवादी प्रेस संगठन, नेपालले नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, पोलिटब्यूरो सदस्य तथा विभाग उपप्रमुख दामोदर अर्याल, केन्द्रीय सदस्य चमिना भट्टराईलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ।

एकीकृत समाजवादी पार्टीको तेस्रो सचिवालय बैठकले ज्वालालाई विभाग प्रमुख तथा संगठनको इन्चार्ज, अर्याललाई उपप्रमुख तथा संगठनको सहइन्चार्जको जिम्मेवारी तोकेको थियो।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संगठनका महासचिव रामकुमार एलनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

स्वागत कार्यक्रममा प्रचार विभाग प्रमुख ज्वालाले पार्टीको वैचारिक, सैद्धान्तिक र योजनाका बारेमा संगठनले ब्यापक प्रचार तथा प्रकाशनका काम गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले एकीकृत समाजवादी पार्टी र नेताहरूको बारेमा समाजमा फैलाइएका भ्रमित, कपोकल्पित कुराहरूका विरुद्ध डटेर लेख्न अनुरोध गर्नुभयो।

कार्यक्रममा उपप्रमुख अर्याल र केन्द्रीय सदस्य भट्टराईले संगठनलाई बलियो बनाउनका निम्ति विभागले सकारात्मक र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

समाजवादी प्रेस संगठनका अध्यक्ष सुवेदीले संगठनको बारेमा जानकारी तथा संगठनले भोग्नु परिरहेका असहजताका बारेमा जानकारी गराउनु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *