काठमाडौँ, १८ पुस–टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रवार हुने भएको छ।

लिगमा पुरुषः महिलामा समान ५–५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ किलो तौलसमूहमा खेल हुनेछ। महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ किलोमा प्रतिस्पर्धा हुनेछ।

करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौँराले जानकारी दिए।

काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शीर्ष ३ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, ७ र ३ अंक प्रदान गरिनेछ।

प्रतियोगिताका टोखा नगरपालिका–५ को कार्यालयमा हुनेछ। ३–३ महिनामा सञ्चालन गर्नेगरी सुरुआत गरिएको उक्त लिगको तेस्रो संस्करण आगामी फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ।

पहिलो संस्करण स्युचाटारस्थित नागार्जुन कभर्डहलमा गत भदौमा आयोजना भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *