दमक, १९ पुस–झापाको दमक–६ मा अवस्थित डेलिया मन्टेश्वरीले आज अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मन्टेश्वरीका शिक्षक–शिक्षिका र अभिभावकहरुबीच अन्तरक्रिया गर्नुका साथै विद्यार्थीहरुका पठनपाठन, अनुशासन, अतिरिक्त क्रियाकलाप सम्बन्धी छलपल भएको थियो ।
मन्टेश्वरीका शिक्षिकाहरुले क्रमशःआ–आफ्नो कक्षाका बिद्यार्थीहरुका प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कर्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थितिकाबीच शिक्षिकाहरुले अभिभावकहरुलाई विद्यार्थीको पठनपाठन, हेन्डराइटिङ, गृहकार्य, पोशाक, अनुशासन लगायतका बारेमा रिपोटिङ गर्नुभएको थियो ।
त्यसैगरी, बिद्यार्थीको दैनिक तथा मासिक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुले देखाएको रुची र सहभागिताका बारेमा अभिभावबीच जानकारी गराइएको थियो । कतिपय विद्यार्थीले रचनात्मक तथा सृजनात्मक कार्यमा बिशेष अभिरुची देखाएको र कतिपय विद्यार्थीले रुची नदेखाएको कार्यक्रममा शिक्षिकाहरुले जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा पिजी कक्षाकी शिक्षिका जनिता संग्रौला, युकेजी कक्षाकी शिक्षिका सुरु राई, एलकेजी कक्षाकी शिक्षिका बिना राई र कक्षा वानकी शिक्षिका अनिता बुढासैनिले अलग–अलग रिपोटिङ गर्नुभएको हो ।
मन्टेश्वरीका संस्थापक तथा प्रिन्सिपल दीपक न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा अभिभावकहरुले मन्टेश्वरी सञ्चालन, व्यवस्थापन र पठनपाठनमा भएको पक्ष र सुधार गर्नुपर्ने विभिद पक्षमा आ–आफ्ना राय र सुझावहरु राख्नुभएको थियो । अभिभावकहरुले स्कुल वस (यातायातका साधन) लाई तत्काल व्यवस्थित गर्नुपर्ने र विद्यार्थीहरुका लागि खुवाइने दैनिक खाजा र खानालाई सुधार गर्न जोड दिनुभयो ।
त्यसैगरी, चार्डपर्व विशेष विद्यार्थीहरुलाई गरिदै आएको बिदा वा छुट्टीलाई मन्टेश्वरीले आगामी दिनमा क्रमशः घटाइनेपर्नेमा वहाँहरुले जोड दिनुभएको थियो । प्रत्येक चार्डपर्वमा पटक पटक बिदा मात्रै गरिरहँदा बिद्यार्थीहरुको पठनपाठनमा प्रगती नहुनेमा अभिभावकहरुको भनाई थियो ।
कार्यक्रममा मन्टेश्वरीका संस्थापक तथा प्रिन्सिपल न्यौपानेले डेलिया मन्टेश्वरी स्थापना भएदेखि हालसम्मका भएको गतिविधिहरु र आगामी दिन मन्टेश्वरीले सञ्चालन गर्ने योजना र कार्यक्रमका बारेमा प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो । न्यौपानेले विद्यार्थीहरुको पठनपाठनसंगै अतिरिक्त क्रियाकलाप सम्बन्धी भएको प्रगतीहरु राख्नुभयो ।
न्यौपानेले विद्यार्थीहरुको कला र प्रतिभालाई उजागर गर्दै थप विकास गर्न मन्टेश्वरीले नृत्य, गायन र खेलकुद सम्बन्धी छुट्टै शिक्षक–शिक्षिकाहरु राखेर कक्षा सुरु गर्ने योजना बताउनुभएको थियो । सवै जातजाती वा समुदायले मान्दै आएको चार्डपर्व वा संस्कृतिलाई बुझाउन विद्यार्थीहरुलाई भेषभुषा र खानपान गराउदै आएको संस्थापक तथा प्रिन्सिपल न्यौपानेले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अभिभावक संघकी अध्यक्ष जमुना खरेल र अमिभावक अनिलदेब राईले आ–आफ्ना सुझावहरुसहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।
