झिलझिले, २० पुस–धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको निर्वाचन २७ पुसमा हुने भएको छ । झापाको शिबसताक्षी–११ झिलझिलेदेखि उत्तरमा अवस्थित सताक्षीधामको आज सम्पन्न बार्षिक साधारणसभाले निर्वाचनको मिती तय गरेको हो ।

निर्वाचन सम्पन्न गर्नलाई दिपककुमार न्यौपानेको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । सो समितिको सदस्यहरुमा जयश्वोर आङ्दम्बे, यादब चापागाई, गोविन्द काफ्ले र डिल्ली खतिवडा छन् ।

शनिबार, सताक्षीधाम परिसरमा सम्पन्न बार्षिक साधारणसभा तथा अधिवेशनमा शिबसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राले धार्मीक महत्व बोकेको सताक्षीधामको संरक्षण गर्दै यसको विकास र प्रचारप्रसारका दीर्घकालिन योजनाहरु बनाउन जरुरी रहेको बताउनुभयो ।

बार्षिक साधारणसभाको प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख थोप्रोले सताक्षीधाममा अहिलेसम्म सम्पन्न भएका योजनाहरु र आगामी दिनमा गरिन लागेको योजनाहरुका बारेमा सताक्षीधाम समिति, नगरपालिका, सरोकारवालाहरुबीच अन्तरक्रिया र छलफल हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

साधारणसभामा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र उपाध्यक्ष उदयप्रकाश राईको स्वागत मन्तव्य रहेको थियो । समितिका सचिव कालीप्रसाद रिजालको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष बोखिमले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा पूर्व नगर प्रमुख चन्द्रकुमार शेर्मा, पूर्व उपप्रमुख भोजकुमारी नेपाल, सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका पूर्वअध्यक्ष तथा पूर्वसांसद तारासमय योङया, सताक्षीधाम मन्दिर समितिका संस्थापक अध्यक्ष तथा झिलझिलेका अग्रज ब्याक्तित्व
बयोबृद्ध देउकुमार राई, पूर्वअध्यक्ष प्रसाद सुब्बा, ११ का वडाध्यक्ष बहादुर आङ्बो, ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, शिबसताक्षी–७ का पूर्व अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का नेता केहरसिंह बस्नेत, नेपाली काँग्रेसका नेता भक्ति सिटौला, सामाजिक व्याक्तित्व यज्ञप्रसाद ओली लगायत धार्मिक, राजनीतिक, सामाजिक र उद्यमी–व्यवसायीहरुको ठूलो संख्यामा सहभागिता थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *