काठमाण्डौं, २० पुस–सर्वोच्च अदालत बार एसोसिएसनको चुनावमा लोकतान्त्रिक समूहले जित हात पारेको छ । सर्वोच्च बारमा एउटा सदस्यबाहेक सबै पदमा लोकतान्त्रिक समूहका उम्मेदवार निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसनिकट वकिल तथा नेकपा (एकीकृत समाजवादी) निकट वकिलको लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) निकट वकिलको प्रगतिशिल गठबन्धनबीच प्रतिस्पर्धा भएको थियो । प्रगतिशिल समूहबाट एक मात्र सदस्य सतिशराज मैनाली निर्वाचित भएका छन् ।

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३६८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी महेश कुमार थापा १८१ मतमा सीमित भए । अध्यक्षका अर्का उम्मेदवार प्रेमसिंह धामीले १५ मत पाए ।

उपाध्यक्षमा ३४६ मत ल्याएर अम्बरबहादुर राउत निर्वाचित भएका छन् । यस्तै सचिवमा रमण कुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा शशी बस्नेत निर्वाचित भएकी छिन् भने अन्य सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ, इन्द्र शेखर खड्का, प्रदिप कुमार श्रेष्ठ, नागेश्वर प्रसाद चौधरी, निर्मल कुमार उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रदिप कुमार राजवंशी र सतिशराज मैनाली निर्वाचित भएका छन् ।
शिलापत्रबाट

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *