बिर्तामोड, २० पुस–नेपाल फर्निचर तथा फनिसिङ ब्यवसायी महासंघको १०औं बार्षिक साधारणसभा आज (शनिबार) झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिन्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल उद्योग बाणिन्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, होटल ब्यवसायी महासंघका उपाध्यक्ष डिभी गौतम, चेम्बर अर्फ कमर्सका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण बिमली, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, फर्निचर तथा फर्निसिङका मदेश प्रदेश अध्यक्ष बिनोद महत, संघका झापा अध्यक्ष रोहित आचार्यलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेको महासंघका द्धितीय उपाध्यक्ष खगेन्द्र खरेलले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन महासंघका महासचिव छबिला गैह्रेले गरेका थिए ।
