काठमाडौं, २१ पुस–म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति वेस्ट ह्याम विरूद्धको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा ४(१ गोलको सानदार जित निकालेको हो।

सिटीको जितमा अर्लिङ हालान्डले २ गोल गरे। भ्लादिमिर कफलको आत्मघाती गोलबाट सिटीले १० मिनेटमा खेलमा अग्रता लिएको थियो।

४२ मिनेटमा हालान्डले अग्रता दोब्बर पारे। दोस्रो हाफको ५५ मिनेटमा पुनः हालान्डले गोल गरे। हालान्डका लागि दुवै गोलको असिस्ट साभियोले गरेका थिए।

५८ मिनेटमा कप्तान केभिन डिब्रुयनको असिस्टमा फिल फोडेनले गोल गरे।

७१ मिनेटमा वेस्ट ह्यामका निकलस फुलक्रगले गोल गरे। त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा सिटी ४(१ ले विजयी भएको थियो।

सिटी अंक तालिकाको छैटौं स्थानमा छ। २० खेल खेलेकोमा सिटीले १० जित ४ बराबरी र ६ हारसहित ३४ अंक जोडेको छ। वेस्ट ह्याम २३ अंकका साथ १३ औं स्थानमा छ।

गएराति नै भएको खेलका आर्सनलले ब्राइटनसँग १(१ गोलको बराबरी खेलेर अंक बाडेको छ। ब्रेन्टफोर्डले साउथह्याम्टनविरूद्ध ५ गोल गर्दा चेल्सीले पनि क्रिस्टल प्यालेससँग १(१ को बराबरी खेलेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *