बिर्तामोड, २१ पुस–वीरता लेडी जेसीजले आज पत्रकार सन्तोष शर्मासहित विभिन्न विधामा वर्ष उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ ।

लेडी जेसीजले आज २०औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकारिता अवार्डबाट पत्रकार सन्तोष शर्मा, उत्कृष्ट जेसी अवार्ड कविता ओलीलाई र मानार्थ सदस्यको अवार्ड सुमित्रा भट्टराई, रीमा भट्टराई, मिना घिमिरेलाई र यज्ञ–तीर्थ स्मृति उत्कृष्ट सम्मानबाट शिक्षासेवी निरा प्रधानलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, सन् २०२४ की अध्यक्ष मेनुका ओली, संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानितहरुको सम्मान पत्र पूर्वअध्यक्षहरू उर्मिला बिमली खरेल, कञ्चना ढकाल सिटौला, नैनकला भट्टराईलगायतले बाचन गरेका थिए । कार्यक्रममा अध्यक्ष मेनुका ओलीले आफूले एक वर्षमा ५१ वटा कार्यक्रम गरेको र प्रत्येक महिना इफिसेन्सी अवार्डसहित १४ वटा अवार्ड प्राप्त गरेको बताइन् ।

कार्यक्रममा निर्वाचन अधिकृत संगीता गिरीले सन् २०२५ का नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारीहरूको नाम घोषणा गरेकी थिइन्। कार्यक्रममा वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले सन् २०२५ की अध्यक्ष निशा शाक्यलाई शपथ ग्रहण गराएकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष शान्ता रोक्का, वीरता जेसीजका अध्यक्ष विकास बस्नेत, वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी वीरता लेडी जेसीज सन् २०२४ की महासचिव मुना अधिकारी ढुंगेल र वीरता लेडी जेसीज सन् २०२५ की महासचिव प्रभा रायमाझीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *