एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २२ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिमा अनेक समस्या देखा परेको बताउनु भएको छ।

आइतबार (हिजो) एकीकृत समाजवादी पार्टीको निर्वाचन आयोगको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। उहाँले वर्तमान अवस्थामा देखा परेका समस्या समाधान गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘समस्यालाई राम्ररी हल गर्नेगरी लाग्नुपर्छ। सकारात्मक कुरालाई लिएर अगाडि बढ्नुपर्छ। नकारात्मक कुरालाई छोड्नुपर्छ। आफू बलियो भएपछि मात्रै अरुले पत्याछन्।’ लाओसको उदाहरण दिदै अध्यक्ष नेपालले भन्नुभयो, ‘गाउँ बलियो बनाउनु पर्छ। नेताहरू जनताको बिचमा जानुपर्छ। जसले नयाँ तरंग सिर्जना हुन्छ।’

पार्टीमा नेताको कमी नभएको तर, जनताको बीचमा जाने नेताको कमी रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘गतिलशिलताको कमी हो। सामान्य मुद्धा भएपनि जनताको बीचमा जानुपर्छ। विचार र सिद्धान्तले मात्रै काम गर्दैन। त्यसको राम्ररी प्रचार गर्न सक्नुपर्छ। हामीले विचार र सिद्धान्त राम्रो बनाएका छौँ। त्यसलाई जनताको बीचमा लैजानुपर्छ।’ अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहरू कमजोर बन्नु्को एउटै कारण घमण्ड र स्वेच्छाचारीता रहेको बताउनु भयो।

त्यस्तै स्थायी कमिटी सदस्य तथा आयोग अध्यक्ष माधव पौडेलले यसपालीको कार्य बिभाजनले राम्रो काम गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले आयोगमा रहेका नेताहरु पदाधिकारीसमेत बनेको इतिहासलाई स्मरण गर्न अध्यक्ष नेपाललाई अनुरोध गर्नुभयो।

साथै आयोगमा रहेको नेताहरूलाई स्थानीय भूगोलको जिम्मेवारी दिनुपर्ने बताउनु भएको छ। अधयक्ष पौडेले पार्टीको केन्द्रीय कमिटी बैठकमा आयोगका सदस्यहरूलाई सहभागि गराउन अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *