दमक, २८ पुस–झापाको दमकस्थित कदम थ्रेटरले आज नवौं वार्षिक उत्सव मनाएको छ । थ्रिएटरमा आयोजित वार्षिक उत्सवमा कलाकार, कवि, गजलकार, पत्रकार र संगीत साधकसहित सर्वसाधरणहरुले रचनात्मक तथा सृजनात्मक कार्यक्रम गरेर नवौं वार्षिक उत्सव मनाएका हुन् ।
आज (आइतबार) साँझ दमक–९ कदम चौकस्थित कदम थ्रिएटरको हलमा आयोजित ‘कदम साँझ’ कार्यक्रममा दीपिका चौलागाईं, मनिष शङ्खर, युसान बान्तवा राई, जीवन साम्पाङ राई, अनिल दुलाल, घनश्याम पाठक, मिलन ढकाल, कृष्ण कास्यप, सुन्दर कुरुप र आशिष नेपालीले आ–आफ्नो गीत, गजल, कविताहरु प्रस्तुत गरेका थिए।
सर्जकहरुको प्रस्तुतिहरूमा ‘केही मिठो बात गरू, ‘हजार सपनाहरूू, ‘उकाली ओरालीहरूमाू’ र नारायण गोपालका चर्चित गीतहरू दर्शकले विशेष मन पराएका थिए।
थ्रिएटरले आजदेखि ८औं वर्ष पूरा गरी ९औं वर्षमा प्रवेश गरेको अवसरमा आगामी माघ ५ र ६ गते अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । सो महोत्सवमा सहभागी हुन इच्छुक चलचित्र तथा कला प्रेमीहरूलाई सहभागी हुन कदम थ्रेटरले आह्वान गरेको छ।
थ्रेटरले लामो समयदेखि दमकमा नाटक मञ्चन र नाटक प्रशिक्षणमार्फत कला क्षेत्रको विकासमा योगदान दिँदै आइरहेको छ। थ्रेटरको सुरुवाती संघर्षदेखि वर्तमान अवस्थामा आइपुग्दाको यात्राबारे कला निर्देशक सिजन दाहालले आफ्नो अनुभव सुनाउँदै, आगामी दिनमा थ्रेटरलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए।
कला, संस्कृति र नाटकमार्फत समाजको संवेदनशील पक्ष उजागर गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन कदम थ्रेटरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।
सो कार्यक्रममा बरिष्ठ कलाकार हेमन्त बुढाथोकी, डाक्टर बालचन्द्र सुब्बा, पत्रकार अनिलदेब राई, कलाकार तथा निर्देशक किरण राई, कलाकार सुवास खरेल, वीरु स्वामी, कदम थ्रिएटरका संस्थापक तथा पत्रकार कमन देवान, युवा नेता सन्तोष दुलाल, महेश घिमिरे, गोबिन्द्रराज कट्टेल, कबि तथा गजलकार सुन्दर कुरुप, कृष्ण घिमिरे, घबश्याम पथिक लगायतका व्याक्तित्वहरुको उपस्थित थियोे ।
