डीएसपी पूर्णिमा चन्द

काठमाडौं, ९ माघ–जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन् ।

जिल्ला प्रहरी परिसरले आज (बुधबार) देखि डीएसपी पूर्णिमा चन्दलाई सो जिम्मेवारी दिएको हो । डीएसपी चन्द परिसरको प्रशासन शाखामा कार्यरत छिन् ।

यसअघि डीएसपी पूर्णिमा चन्द काठमाडौंको स्वयम्भू वृत्तको प्रमुख थिइन् । वृत्त इन्चार्ज हुँदा डीएसपी पूर्णिमा चन्द ‘पुलिस अफ द मन्थ’ बनेकी थिइन् ।

जिल्ला प्रहरी परिसरको प्रवक्ता रहेका एसपी नवराज अधिकारी एसएसपीमा बढुवा भएपछि डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *