दमक, २१ माघ–दमक नगरपालिकाको आयोजना तथा शिक्षा तथा खेलकुद शाखाको सहकार्यमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ।

राष्ट्रपति रनिङ शिल्डमा दमक तेक्वान्दो दोजाङ दोस्रो भएको हो । प्रतियोगिता माघ १६ गतेदेखि २० गतेसम्म दमकस्थित हिमालयन माविमा सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीहरूले सहभागिता जनाएका थिए।

विजेता खेलाडीहरूमा छात्रतर्फ ४५ केजी सलिन देवान, ५१ केजी इन्दिप धिमाल, ५९ केजी रोहित गुरागाई छन भने छात्रातर्फ ४२ केजी देन्सु योगि, ४४ केजी रन्जिता तामाङ, ४९ केजी सुप्रिया नेम्वाङ र ५२ केजी जुनु साँवा विजेता भएको दमक तेक्वान्दो दोजाङका सचिव तथा अधिवक्ता श्याम आचार्यलेले बताए।

पुम्से (एकल) महिलातर्फ इक्सा मादेन र पुरुषतर्फ सुशान्त तामाङ विजेता भए भने फाइटिङतर्फको गोल्ड मेडल देन्सु योगिले हात पारिन।

आगमी चैत दोस्रो हप्तामा हुन गइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू झापा जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्। दमक नगरबाट प्रतिनिधित्व गर्ने टोलीको नेतृत्व अध्यक्ष जितु धिमालले गरेका छन्। प्रशिक्षक जितेन्द्र मेचेको निर्देशनमा खेलाडीहरूले तयारी गरिरहेका छन्।

सगरमाथा दोजाङका खेलाडीहरूले जम्मा ३ वटा मेडलमा चित्त बुझाएका छन । जसमध्ये ४६ केजी छात्रा लाजिमा लिम्बू, पुरुषमा ५५ केजी छात्र रोहन राई र ४८ केजी छात्र अमित योगि छन।

राष्ट्रपति रनिङ शिलमा प्रतियोगिता दमक नगरपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको महत्वपूर्ण खेलकुद कार्यक्रम हो। प्रतियोगिताले स्थानिय तथा राष्ट्रिय स्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई दोजाङका सल्लाहकार संयोजक तथा पूर्व खेलाडी गजु देवानले बधाई तथा शुभकामना दिएका छन्।

यस प्रतियोगिताले खेलाडीहरूलाई थप आत्मविश्वास दिलाउनुका साथै तेक्वान्दो खेललाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुग्ने दमक तेक्वान्दो दोजाङका अध्यक्ष धिमालले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा बिजयी खेलाडीहरुलार्य दमक तेक्वान्दो दोजाङका सल्लाहकार संयोजक तथा दमकका पुराना फुटबल खेलाडी गजु देवानले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । देवानले खेलाडीहरुलाई अनुशासनसहितको खेल प्रतिमाले मात्रै प्रतियोगिता जित्न सकिने बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *