एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नामको पछि दौडिरहेको बताउनु भएको छ।

राजधानीको कोटेश्वरस्थित एक पाटी प्यालेसमा आयोजित एकीकृत समाजवादी पार्टी संघीय सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।

अध्यक्ष नेपालले भन्नुभयो, ‘केपी ओली कामभन्दा नामको पछि दौडिरहेका छन्। हालै सिद्धबाबा सुरुङको उद्घाटन गरेको देखियो। अझै तीन वर्षभित्र मात्रै त्यो सुरुङ निर्माणको काम पूरा हुने समाचार आइरहेका छन्। अघिल्लो कार्यकालमा देशभरका वडा पालिकामा एकैचोटी अस्पताल उद्घाटन गरेका थिए। अहिले पनि उही भूत बाँकी छ।’

अध्यक्ष नेपालले वर्तमान सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘केपी ओलीमा मैले गरेको हुँ भन्ने मवाद छ। कामभन्दा नामकोपछि दौडिने चाहाना अझै पूरा भएको छैन। पहिले पहाडी राजमार्गमा १० वटा सहरको अवधारणा अघि सारिएको थियो। अहिले आएर ४२ वटा सहर भनिएको छ। जो एउटा पनि निर्माण गर्ने काम गरिएको छैन।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *