काठमाडौं, २२ माघ–नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ।
स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन्। ०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गतेस्थापना दिवस मनाउँदै आएको छ ।
यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ। अहिले जिल्ला शाखाहरुको अधिवेशन धमाधम भइरहेका छन्।
