काठमाडौँ, २५ माघ–समाजवादी प्रेस संगठन, नेपाल ललितपुरको अध्यक्षमा निरोज तोलाङ्गे चयन हुनुभएको छ।
आज (शुक्रबार) ललितपुरमा सम्पन्न जिल्ला भेलाले तोलाङ्गेको नेतृत्वमा ११ सदस्सीय जिल्ला कमिटी गठन गरिएको हो।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं संगठनका इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उक्त कमिटी चयन गरेको हो।
संगठनको उपाध्यक्षमा थोमस बोगटी, महिला उपाध्यक्षमा टीका रसाइलीलाई चयन गरिएको छ। त्यस्तै, सचिवमा राजेश पन्त, सहसचिवमा निगम सुन्दास, समावेशी सहसचिव सलोमी दाहाल चयन हुनुभएको छ।
संगठनको कोषाध्यक्षमा सुनकुमारी थिङ र सदस्यहरूमा सरु वागदास, दिपेन्द्र थिङ, मुकेश जनाला, यमकुमार मुदेललगायत चयन हुनुभएको छ।
भेलामा संगठनका सहइन्चार्ज शम्भु श्रेष्ठलगायत संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको आयोजकले बताएको छ।
