हिक्मतकुमार कार्की

विराटनगर, २७ माघ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्।

शिक्षादीप कलेज विराटनगरद्वारा आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताए।

उनले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानवीय संशाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको धारणा राखे।

उनले विद्यार्थीहरूको सूचना प्रविधि अविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्याउन सकिने विश्वास व्यक्त गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *