काठमाडौँ, २८ माघ–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ठूला पार्टी मिलेर मनपरी गर्न पाइन्छ भनेर सोचेको छ भने त्यो भ्रम हुने बताउनु भएको छ। न्।
अहिलेको सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्याउन अध्यादेश ल्याएको टिप्पणी गरे। ‘संसदको अधिवेशन छल्न खोजेर रातारात अध्यादेश ल्याउनुपर्ने आवश्यकता के थियो ?’ अध्यक्ष नेपालको प्रश्न छ।
पोखरामा जारी एकीकृत समाजवादी पार्टी गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन कार्यक्रममा उहाँले नेपालमा शासकले देखाइरहेको प्रत्येक रवैयाले शासकहरुको लोकप्रियतामा ह्रास आइरहेको बताउनुभएको हो।
एकीकृत समाजवादीलाई गल्ती गर्ने छुट नभएको उहाँको भनाई छ। पवित्र उद्वेश्य भएकाले आफ्नो पार्टीले तंरग पैदा ल्याउन सक्ने उहाँको चेतावनी छ। सत्तामा अहिले कम्युनिष्ट पार्टीकै मान्छे भएपनि मति विग्रेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ।
उहाँले अगाडि भन्नुभयो,‘सत्तामा उही पुरानो हाम्रो पार्टीका मान्छे छन्। तर, के गर्नु मति बिग्रेपछि केही गर्न सकिदैन। हामी सम्झाउन खोज्दा खोज्दै पार लागेन। पार लाग्छ की भनेर हाम्रो प्रचण्ड जि खुब लाग्नुभो। सँगसँगै दोस्तानासमेत राख्नुभो। हामीलाई पनि फकाइदिए एकचोटि हेर्नुस कम्युनिष्ट कम्युनिष्ट एक हौं भनेर। हामी पनि दंग पर्यौँ। कम्युनिष्ट कम्युनिष्ट एक हौं भनेपछि त पक्कै होला भन्यौं।’
