झापा, १९ चैत–हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने उद्देश्यले संगठनले सामाजिक उत्तरदायित्व अन्तर्गत नोवेल टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा भद्रपुर १० स्थित वीरेन्द्र नमूना क्याम्पस परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अनुज खतिवडाले दिएको जानकारी अनुसार संगठनका अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा संक्षिप्त समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आफ्नो मुटुको जाँच गरी शिविरको उद्घाटन गरेका थिए ।

शिविर उद्घाटनका अवसरमा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत, सुनिल निरौला, संगठनका केन्द्रीय उपाध्यक्ष युवाचन्द्र घिमिरे, केन्द्रीय सचिव तेजप्रकाश भण्डारी ९टीपी०, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष तथा वीरेन्द्र नमूना क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टिकाराज ढकाल लगायतको सहभागिता रहेको संगठन झापाका सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।

शिविरमा मुटुरोग, जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, हहाडजोर्नी तथा नसा, नाक कान घाँटी, दन्त रोग, आँखा परीक्षण,शल्यक्रिया चिकित्सा सेवा, रेडियोलोजी, ल्याव परीक्षण सेवा रहेको थियो । विरामीहरुलाई परीक्षण अनुसारको औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

शिविरबाट ६८३ सर्वसाधारणले लाभ लिएको संगठनका अध्यक्ष न्यौपानेले जानकारी दिए । त्यसमध्ये अधिकांशले एकभन्दा बढी सेवा लिएको पनि उनले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *