काठमाडौँ, १९ चैत–नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले लालबहादुर खड्कालाई अध्यक्षमा सर्वसम्वत रुपमा निर्वाचित गरेको छ।
त्यस्तै, कमिटीको उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कुँवरलाई चयन गरेको छ।
प्रदेश कमिटीको सचिवमा सुरेन्द्रमान कार्की र उपसचिवमा गणेश साउँद, राधिका अवस्थी र गोरख सार्की सर्वसम्वत निर्वाचित हुनुभएको छ।
