बिराटनगर, १९ चैत–नेकपा (एकीकृत समाजवादी) मोरङको नवौं जिल्ला अधिवेशन आज (मंगलबार) देखि विराटनगरमा शुरू भएको छ।

बुधबार (भोलि) सम्म चल्ने अधिवेशनले ९१ सदस्य जिल्ला कमिटी चयन गर्नेछ। जिल्ला अधिवेशनमा ५८८ जना प्रतिनिधि छनोट हुनुभएको छ।

अधिवेशन उद्घाटनमा मोरङ कमिटीले शक्ति प्रदर्शन गरेको थियो। उद्घाटन अगाडि पार्टी कार्यालय तीनपैनीबाट गणतन्त्रका पक्षमा नारा लगाउँदै जुलुस कार्यक्रमस्थल होटल मनास्लु इनमा पुगेको थियो।

उद्घाटन अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको छ। अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष नेपालले गुर्नभएको छ। साथै पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा, महासचिव घनश्याम भूसाललगायत शीर्ष नेताले सम्बोधन गर्नुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *