काठमाडौँ, १९ चैत–नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजावादीको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

काठमाण्डौंमा सोमबार र मंगलबार सम्पन्न महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षमा १०३ सदस्सीय कमिटी सर्वसम्वत चयन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा नारायण दास गमास, उपाध्यक्षमा शंकर थापा, शिवप्रसाद डाँगी, दिपकबहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोईराला, गोपाल न्यौपाने, आकाश पटेल निर्वाचित हुनुभएको छ।

त्यस्तै महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिल कुमार रिजाल निर्वाचित हुनु भएको छ। त्यस्तै उपमहासचिवमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ,। प्रविन के=सीलाई चयन गरेको अधिवेशनले महिला उपमहासचिवमा रजुला जोशीलाई चयन गरेको छ।

सचिवमा कैलास बिष्ट, अर्जुन मेचे, मनोज कुमार राई, विवेक अर्याल, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत बनान निर्वाचित हुनुभएको छ। त्यस्तै महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोल निर्वाचित हुनुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *