झिलझिले, २१ चैत–झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेलमैदानमा आजबाट शिवसताक्षी मेयर कप शुरु भएको छ ।

शिबसताक्षी नगर खेलकुद विकास समितिले विहिबारदेखि आयोजना गरेको मेयर कपको उद्घाटन नगर प्रमुख रोशन थोप्राले उद्घाटन गर्नु भयो ।

राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यसहित आयोजना गरिएको मेयर कपलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख थोप्राले खेलकुदले मानिसलाई स्वास्थ्य र लागु औषध दुर्ब्यसनीबाट पनि टाडा राख्ने भएकोले खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाले खेलाडी उत्पादनको लागी खेल मैदानको पनि अति आवस्यक रहने भएकोले दुधेमा निर्माणधि सुबिधा सम्पन्न रंगशालालाई आगमी असोज मसान्तसम्म सम्पन्न गर्नको लागी बजेट बिनियोत गरिसकेको र काम धमाधम भैरहेको जानकारी दिनु भयो ।

त्यसैगरि, नगर प्रमुख थोप्राले नगरको ११ वटै वडागत रुपमा पनि खेल मैदान आवश्यक रहेकोले खेल मैदानहरु पहिचान गरि निर्माण भैरहेको बताउनु भयो ।

नगर खेलकुद विकास समिति शिबसताक्षीका अध्यक्ष सुरज रिङ्गालुङ राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकिय प्रमुख शुनिता तुम्बाहाम्फे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

मेयर कपको उद्घाटन कार्यक्रम निक्कै तामझामका साथ गरिएको छ । सो अवसरमा साकेला सिल्ली, च्याब्रुङ नाच, झिलझिले माध्यमिक विद्यालयका राष्ट्रिय सेवा दलका बिध्यार्थी र सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयका बिध्यार्थीहरुले मार्च पास गरेका थिए ।

आज (बिहिबार) बाट सुरु भएको शिवसताक्षी मेयर कपको उद्घाटन खेलमा वडा नम्बर ४ बिजयी भएको छ । वडा नम्बर ४ ले वडा न ५ लाई १ का विरुद्ध २ गोल गर्दै बिजय सुरुवात गरेको हो ।

खेलको १७ औ मिनेट्मा वडा न ४ का जर्सी नम्बर ७ का स्याम खत्रीले आकर्षक गोल गर्दै टिमलाइ अग्रता बनाए ।

पहिलो हाफमा निक्कै प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टिमले गोल लगाउने अवसरहरु धेरै पाए पनि गोल भने हुन सकेन ।

यता, दोश्रो हापको पहिलो मिनेटमा पुनःवडा नम्बर ४ का जर्सी न ७ का स्याम खत्रीले गोल गरेर गोल अन्तर दोब्बर बनाउन सफल भए । उता खेलको २४ औ मिनेटमा वडा नम्बर ५ जर्सी न ११ का बिनोद दर्जीले दोस्रो हापको २४औ मिनेटमा गोल गर्दै गोल अन्तर २–१ बनाए ।

अन्तत खेल वडा नम्बर ४ ले खेल १ का विरुद्ध २ गोलले जित्यो ।

उक्त खेलको म्यान अफ द म्याच बिजेता टिम का जर्सी न ७ का स्याम खत्री घोषित भए उनले नगद २ हजार १ सय प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) फुट्बलतर्फ दुई खेल हुने छ । जस्मा पहिलो खेल वाड न ८ र ९ बिच हुने छ । दोस्रो खेल वडा नम्बर ६ र ११ बिच हुने आयोजक नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनु भयो ।

मेयर कपको फुट्बलतर्फको बिजेताले रु ५५ हजर र उपबिजेताले रु ४१ हजारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यसैगरि भलिबल र क्रीकेट बिधाका बिजेता टिमले नगद रु ३५ हजार र उपबिजेताले रु २५ हजर नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ्न ।

त्यस्तै, एथलेटिक्स, ब्याडमिन्टन र करातेलाई रु ५०–५० हजारका दरले रकम छुट्याइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *