दमक, २१ चैत–मूख्य चोक, व्यस्त बजार वा मान्छेको बाक्लो आवतजावत हुने सडकलाई लक्षित गरेर होटल, रेष्टुरेन्ट, क्याफे, वार र अरु व्यवसायहरु दमकमा सञ्चालन भएको देखिन्छ । ठूलो रकम खर्चेर सञ्चालनमा ल्याइने यस्ता लक्ष्य, उदेश्य र परियोजनासहितका व्यवसायहरुले थोरैले सफलता पाए होला भने कतिपय पलायन भएका छन् ।

दमकमा पछिल्लो समय होटल, लज, रिर्सोट, पार्क, रेष्टुरेन्ट, क्याफे र वारहरु ठूलै संख्यामा स्थापना भएका छन् । ती व्यवसायहरु आ–आफ्नै परिचय र पहिचान बनाएर सञ्चालनमा आएका छन् ।

यसैबीच, दमक–९ अमर चोकस्थित कृष्ण प्रणामी मन्दिर नजिकै साउथ किङ्ग रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा आएको छ । दमक चोकदेखि दक्षिणमा पर्ने अमर चोक पूर्वपश्चिम राजमार्गको बरगाछी चोकबाट सरस्वती मावि र विजुली अफिसहुँदै साउथ किङ्ग रेष्टुरेन्ट एण्ड वार पुग्न सकिन्छ । आकाशे पुल र एनसेल कार्यालयबाट एक किलोमिटर दक्षिणमा साउथ रेष्टुरेन्ट एण्ड वार पर्दछ ।

खड्ग भण्डारी सहित उनका परिवारले आफ्नै निजी घरमा साउथ किङ्ग रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा ल्याउनुभएको हो । भण्डारी परिवारले रु ४० लाख बढी लगानी गरेर रेष्टुरेन्ट एण्ड वार सञ्चालनमा ल्याउनुभएको हो ।

सो रेष्टुरेन्ट एण्ड वारको उद्घाटन दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले गर्नुभएको छ । बिहिबार, एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्ष खड्काले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा सञ्चालका भण्डारी, जीवनसंगिनी जुनु खड्का भण्डारीसहित आमा, बुबा, श्रीमती, छोराछोरी, आफन्तजनहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु र पत्रकारहरुको उपस्थिति थियो ।

यसअघि, भण्डारीले केर्खा र बिर्तामोडमा होटल व्यवसाय गरेर अनुभव लिइसकेका छन् । साउथ किङ्ग रेष्टुरेन्ट एण्ड वारका सञ्चालक खड्क भण्डारीले दमकमा फरक स्वाद र फरक वातबरणसहित रेष्टुरेन्ट एण्ड वार सञ्चालन गर्न लागेको योजना सुनाए । उनले होटल व्यवसायमा २२ वर्षको अनुभव भएको बताए ।

सवारी साधन पाकिङका लागि पर्याप्त सुविधा, होहल्ला रहित सुन्दर, शान्त र पारिवारिक वातबरणमा रहेको सो रेष्टुरेन्ट एण्ड वारको सजिसजावट पनि आर्कषक छ । पहिलो र दोस्रो तलासहित रेष्टुरेन्ट एण्ड वारमा तालिम, बैठक, सभा गर्न सकिने मिनी हल, बर्थडे मनाउनका लागि पार्टी हलको सुविधा छ ।

त्यस्तैं, उद्घाटनको असरमा सञ्चालक भण्डारीले आफ्नो रेष्टुरेन्ट एण्ड वारमा आउने ग्राहकहरुका लागि गुणस्तरीय खानपान गर्ने–गराइने बताउनुभयो । भण्डारीले खाना सम्बन्धि विभिन्न परिकारहरु, पेय पदार्थका सवै आइटमहरुसहित कफी, जुस लगायतलाई प्राकृतिक ढंङ्गले र हाइजेनिक बनाइने प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा जीवन चक्र समाज नेपालका महासचिव तथा व्यवसायी गणेश प्रधान, पहिलो पाइला नेपाल दमकका उपाध्यष लवराज खड्का लगायत पत्रकारहरुको उपस्थिति थियो । उद्घाटन कार्यक्रमको सञ्चालन पहिलो पाइला नेपालका अध्यक्ष राजु निरौला (गोविन्द) ले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *