जनकपुरधाम, २२ चैत–जनकपुरधाम लगायत सम्पूर्ण मिथिलाञ्चलमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ पर्व सम्पन्न भएको छ। श्रद्धालुले जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चैती छठ समापन भएको हो।

छठ सूर्यदेव र षष्ठी देवीको पूजा गर्ने पर्व मानिन्छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो पर्वको पहिलो दिन ‘नहाय९खाय’, दोस्रो दिन ‘खरना’, विधि गरिन्छ।

तेस्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया जस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ।

यो पर्व कात्तिक र चैत गरी दुईपटक मनाइन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *