काठमाडौं, २२ चैत–काठमाडौं विश्वकै प्रदूषित शहर सूचीको पहिलो नम्बरमा परेको छ।
आईक्यू एअरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर २३२ एक्यूआई पुगेको छ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ।
प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परे पनि बिहीबारको तुलनामा शुक्रबार वायु प्रदूषण घटेको छ।
बिहीबार बिहान भने काठमाडौंको वायु गुणस्तर ३७५ एक्यूआई पुगेको थियो।
