गोविन ल्वागुन/झिलझिले, २२ चैत–झापाको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारी शिबसताक्षी नगर मेयर कपको आज भएको खेलमा वडा नं ८ र वडा नं ११ विजयी भएका छन् ।
शुक्रबार, फुटबल तपर्ःका दुईवटा खेलहरु सम्पन्न भएको थियो । पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं ९ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं ८ विजयी भएको हो ।
वडा नं ८ का खेलाडी सुदिप मगर, शोहन थापा र मनिष मगरले १÷१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच वडा नं ८ का शोहज थापा घोषित भए । उनले नगद २ हजार एक प्राप्त गरे । वडा नं। ८ का वडाध्यक्ष सन्त फेउदिनले खेलमा गोल गर्ने तीन जना खेलाडी र आफ्नो टिमको गोलकिप्परलाई प्रोत्साहनसहित जनही एक हजार प्रदान गरेका थिए ।
त्यस्तै, आजै भएको दोस्रो खेल वडा नं ११ विजयी भएको छ । वडा नं ११ ले वडा नं ६ लाई ३–० गोल अन्तरले हराउँदै विजयी हो । खेलमा वडा नं ११ का टिम क्याप्टेन देव मल्लिकले हेट्रिक गरेका थिए ।
खेलको म्यान अफदी म्याच वडा नं ११ का देव मल्लिक घोषित भए । उनले नगद २ हजार एक सय प्राप्त गरे । दुवै विजयी टिमका म्यान अफदी म्याच घोषित हुने खेलाडीलाई नगद पुरस्कार प्राइम कमर्शियल बैंक झिलझिले शाखाले उपलब्ध गराएको थियो ।
प्रतियोगिताको फुटबलतर्फ प्रथमले रु ५५ हजार, द्वितीयले रु ३५ हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने छन् ।
भोलि (शनिबार) वडा नं २ र ३ र वडा नं १ र १० बीच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनुभएको छ । अध्यक्ष रिङ्गालुङका अनुसार मेयर कपमा विभिन्न विद्यातर्फका ६ वटा खेलहरु हुने भएको छ ।
