अनिलदेब राई/झिलझिले, २२ चैत–झापाको शिबसताक्षी नगरभरी सञ्चालित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिमुलक संस्था सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आज दुधेमा सम्पन्न भेलाले नेतृत्व चयन गरेको छ ।
शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न भेलाले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ शिवसताक्षी नगर अध्यक्षमा महेन्द्र भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । भट्टराई, दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहन्छ ।
नगरभरका सामुदायिक विद्यालय व्यवस्थापनका अनुभवहरु आदानप्रदान गर्ने उदेश्यले गठन भएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको नेतृत्वका लागि भट्टराईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति र्निविरोध निर्वाचित भएको हो।
महासंघको उपाध्यक्षमा गणेश राई, सचिवमा गोविन ल्वागुन, कोषाध्यक्षमा रिना दर्नाल निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी, नवनिर्वाचित सदस्यहरुमा होमकुमारी भट्टराई, प्रतिभा मिश्र, मंगलीमाया सुब्वा, भीमप्रसाद भारती, राम ढुङ्गाना निर्वाचित भएका छन् ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद प्रासाई शिवसताक्षी नगर शिक्षा शाखा प्रमुख छवि ढकाल, महासंघका प्रदेश सदस्य होम पाठक, महासंघ कनकाई नगर अध्यक्ष पुण्य ओझा लगायतको उपस्थिति थियो ।
महासंघ झापाका संयोजक बुद्धिमान कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महेन्द्र भट्टराईले गरेका थिए ।
