दमक, २२ चैत–दमक–८ स्थित झापा मोडल अंग्रेजी स्कूल (जेम्स) दमककै उत्कृष्ठ विद्यालयका रुपमा घोषित भएको छ ।
दमक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको वर्गीकरण प्रतिवेदन अनुसार जेम्ससहित १३ विद्यालय ‘क’ स्तरको वर्गीकरणमा परेका छन् ।
(क) वर्गीकरणमा ८० अंक प्राप्त गर्ने विद्यालयहरु रहेका छन् । त्यस्तै, कम्तीमा ६० अंक प्राप्त गर्ने १३ वटा विद्यालयहरु (ख) र ५० अंकसम्म ल्याउने ९ वटा विद्यालयहरु (ग) वर्गीकरणमा छनौटमा परे भने कम्तीमा १७ अंक माथि प्राप्त गर्ने २३ विद्यालयहरु (घ) वर्गमा छनौट भएका छन् ।
त्यसैगरि, समता, दमक टेक्निकल, गडमदर र सरल अंग्रेजी बोर्डिङ स्कूल गरि ४ वटा विद्यालय नन ग्रेडिङमा परेको नगरपालिकाले जनाएको छ ।
दमकका संस्थागत विद्यालयहरुलाई शैक्षिक अवस्था थप सुधार गर्न नगरपालिकाले चालु शैक्षिक सत्रको अन्ततिर शैक्षिक मापदण्ड तथा मूल्याङकनका आधारमा संस्थागत विद्यालहरुको अनुगमन गरि वर्गीकरण गरेको हो । यो वर्गीेकरण जिल्लाकै पहिलो हो ।
विद्यालयको वर्गीकरण गर्न छुट्टै समिति गठन गरि काम गरेको र सोहि प्रतिवेदनका अनुसार ती विद्यालयहरुको स्तर निर्धारण गरिएको दमक नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रविण खड्काले बताए ।
विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार ८५।७५ अंकका साथ सुर्योदय अंग्रेजी स्कूल पहिलो बन्यो भने जेम्स ८५ का साथ दोश्रो स्थान स्वरुप (क) वर्गमा छनौट भएको छ । त्यसैगरि, प्रजिता (८४), ग्लोवल (८२), सर्वोदय (८१ः७५) , एकता र सिदार्थ बोर्डिङ स्कूलले समान (८१।५०) अंक प्राप्त गरि (क) बर्गमा छनौट भएको छ ।
दमक नेशनलले (८१ः२५), सनराइज र एभरेष्ट समान अंक (८०।५०), अंकका साथ (क) वर्गमा छनौट भए । मेची अंग्रेजी स्कूल, इष्र्टन स्टार र चुलाचुलीले पनि समान ८० अंक पाएर (क) वर्गमा छनौट भए ।
नगरपालिकाले वर्गीकरण गरेअनुसार संस्थागत विद्यालयहरुले आगामी शैक्षिक सत्रदेखि वर्गीकरण अनुरुप शुल्क तोक्न पाउने उल्लेख गरिएको छ ।
दमकका १५ वटा पालिका मध्ये दमकले पहिलो पटक यहाँका ६४ वटा संस्थागत विद्यालयहरुको स्तर निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।
विद्यालय वर्गीकरण नयाँ थालनीः प्रिन्सीपल श्रेष्ठ
यसैवीच, जेम्सका प्रिन्सीपल सागर श्रेष्ठले स्थानीय सरकारले दमकमा रहेका संस्थागत विद्यालयहरुको स्तर निर्धारण गरेर नयाँ कामको थालनी भएको बताउँछन् । विद्यालयको शैक्षिक स्तर उकास्न यो कामले हौसला प्रदान गर्ने उनको विश्वास छ ।
दमकका पूराना विद्यालयका रुपमा चिनिएका जेम्ससहित सुर्योदय, सिद्धार्थ, चुलाचुली स्कूलहरु ९क० वर्गमा परेकोमा खुसी हुदै प्रिन्सीपल श्रेष्ठले यो उपलव्धि प्रति धन्यवाद दिएका छन् ।
हामीलाई उत्साह थपिएको भन्दै उनले अझ नयाँ उचाईमा पुरयाँउन विद्यालय प्रशासन, शिक्षक, कर्मचारी ,अभिभावकहरु प्रयत्नशील हुनु पर्ने औल्याएका छन् । उनले दमकका १३ विद्यालय मध्ये दोश्रो अंकका साथ पाएको यो सफलताप्रति सम्पूर्ण अभिभावकहरु, शिक्षक, विद्यार्थीहरुप्रति आभार प्रकट गरिएको उल्लेख गरेका छन् ।
