धरमपुर (शिवसताक्षी), २३ चैत–झापाको शिवसताक्षी १ धरमपुरमा अवस्थित नाम्बिन अंग्रेजी बोडिङ्ग स्कुलले बिभिन्न कार्यक्रम गरि १६औ बार्षिक उत्सब मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन सिन्चिउरीको अध्यक्षतामा र नगर प्रमुख मेगाहाङ (रोशन) थोप्राको प्रमुख आतिथ्यतामा भएको हो ।

बिभिन्न आरोह–अबरोह पार गर्दै १६औ बसन्तमा प्रबेश गर्दै गर्दा विद्यालय नयाँ ब्यबस्थापनमा संचालन हुने बताइएको छ । विद्यालयलाई नयाँ शैक्षिक सत्रबाट पुर्णरुपमा धुलाबारीस्थित इस्ट होराइजन स्कुलको सहकार्य रहने आज कार्यक्रममा बताइएको छ।

सो अवसरमा शुभकामना मन्तब्य राख्नुहुदै इस्ट होआइजनका संथापक प्रीन्सिपल संजीब राईले नया शैक्षिकशत्रबाट कक्षा ४ सम्मनै बुकफ्री गरेर जीवनउपयोगी शिक्षा प्रदान गर्न अभिभावकहरुसंग बृहत छलफल गरेर लागु गराउनु पर्ने धारणा राख्नुभयो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा बिध्यार्थीहरुले बिभिन्न रोचक नृत्य, गायन, नाट्क र निबन्ध प्रस्तुत गरेका थिए ।
पराम्परागत शिक्षा भन्दा पनि जीवन उपयोगी शिक्षा भएकोले शिक्षकहरुलाई सोहि अनुसारको तालिम दिएर अध्यापनको ब्यबस्थापन गरिने बताइएको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका नगर प्रमुख थोप्राले संस्थागत विद्यालयहरुमा सहयोग गर्न सरकारको निति तथा ऐनले नदिने भएकोले समस्या उत्पन्न भैरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा इस्ट होराइजनका बिध्यार्थीहरुले पनि बिभिन्न आकर्षक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा वडा न ४ का अध्यक्ष बिष्णु प्रसाई, वडा न ३ का अध्यक्ष भाष्कर न्यौपाने लगायतले शुभकामना मन्तब्य बोलेका थिए ।

बिध्यलयका संस्थापक जसु कन्दङ्बा शोर्माले स्वागत् मन्तब्य बोल्नु भएको कार्यक्रमको संचालन शिक्षक पुष्प पौड्याल र बिध्यार्थीहरुले संयुक्त संचालन गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *