गोविन ल्वागुन झिलझिले (शिवसताक्षी), २४ चैत–झापको शिवसताक्षीमा जारी मेयर कपको भलिबलतर्फ भएको प्रतियोगितामा वडा न ७ बिजेता बन्दै रु ३५ हजारसहित ट्रफि, मेडल र प्माण्पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको आज (आइतबार) भएको फाइनल खेलमा वडा न ११ लाई ३–१ को सेटमा पाखा लगाउदै वडा न ७ ले उपाधी जितेको हो ।
उपबिजेतामा सिमित रहेको वडा न ११ ले नगद २५ हजारमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ द म्याच पराजित टिमका रमेश खड्का घोषित भए । खड्काले नगद ११ सय प्राप्त गरे ।
मेयर कपको बिजेता वडा न ७ ले सेमिफाइनलमा वडा न ३ लाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रबेश गरेको थियो ।
पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच वडा न। ७ का कमल दर्नाल घोषित हुदै नगद ११ सय पाउन सफल भए ।
दोस्रो सेमिफाइनल खेलमा वडा न। ११ ले सेमिफाइनलमा वडा न ९ लाई बेस्ट अफ थ्रीमा संघर्षपुर्ण जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
उक्त खेलका म्यन अफ द म्यच वडा न ११ का प्रकाश चौधरी घोषित हुदै उनले ११ सय प्राप्त गरे ।
बिजेता र उपबिजेता टिमसहित बिधागत पुरस्कार र ट्रफीहरु २८ गते समापनको दिन बितरण गरिने नगर खेलकुद अध्यक्ष सुरज रिङालुङ राईले जानकारी दिनु भयो ।
प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहेको थियो ।
