काठमाडौं, २५ चैत–सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। उनीहरु आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालयनजिकै धर्ना दिएका हुन्।

आफ्नो बचत रकम निशर्त फिर्ता पाउनुपर्ने मागसहित लामो समयदेखि आन्दोलनरत उनीहरूले राष्ट्रपति भवनअगाडि नै धर्ना दिन खोजेका थिए। तर, प्रहरीले निषेधित क्षेत्र तोकेर रोकेपछि उनीहरू त्यहीँ रोकिएका थिए।

प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर्, पीडितको घाउमा मलहम लगाउने काम गर् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *