रवि लामिछाने

काठमाडौं, २५ चैत–पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज भैरहवा कारगार पुर्‍याइएको हो।

शुक्रबार उनलाई हजाजमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। आज बिहान कार्यालय खुलेपछि सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए।

लामिछाने अर्को आदेश नआउँदासम्म भैरहवा कारागारमै रहने उनले बताए। सोही सहकारी प्रकरणमा मुछिएका पूर्वडिआइजी छविलाल जोशी पनि भैरहवा कारागारमा रहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *