काठमाडौँ, २५ चैत–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय निर्णयअनुसार ुसुशासन र रोजगारी, समाजवादको तयारीु भन्ने नाराका साथ ७७ वटै जिल्ला कमिटीले विरोध प्रदर्शन तथा ज्ञापन पत्र बुझाएका छन्।

यसअघि पार्टीले प्रतिगामी तत्वहरुका अराजक गतिविधिको भण्डाफोर गर्न र सरकारलाई सुशासन, रोजगारीबारेमा गम्भीर बन्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पार्टीका तल्लो कमिटीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र प्रतिगामी, यथास्थितिवादीहरुका अराजक गतिविधिको भण्डाफोर गर्ने काम गरेको जानकारी प्राप्त भएको छ।

जिल्ला कमिटी सुर्खेतले पार्टीका केन्द्रीय उपाध्यक्ष प्रकाश ज्वालाको विशेष उपस्थितिमा विरोध र्यालीसँगै कोणसभाको आयोजना गरेर सरकारलाई खबरदारी र प्रतिगामी तत्वहरुको विरोध गरिएको छ।

त्यस्तै अछाम जिल्ला कमिटीका अध्यक्ष योगेन्द्र बिष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अछाममा पार्टीको केन्द्रीय कार्यालयमा राजावदीहरुले गरेको आगजनी, तोडफोड र लुटपाटको विरोध गर्दै ज्ञापन पत्र बुझाउने काम भएको छ।

यता जिल्ला कमिटी ललितपुरले निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल, पोलिटब्यूरो सदस्य प्रेमल खनाललगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको छ।

चितवन, धादिङ, रामेछाप, दोलखा,रूपन्देहीलगायत देशका ७७ वटै जिल्ला कमिटीले विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, कोर्णसभा गर्ने र ज्ञापन पत्र बुझाउने काम गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *