जाजरकोट, २५ चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २०८२ सालभित्रै ओलीकरणको अन्त्य हुने दाबी गर्नुभएको छ।

जाजरकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले नेपाली राजनीतिमा व्यक्ति केन्द्रित, सत्तामुखी र अधिनायकवादी प्रवृत्तिको जरो काट्ने समय आइसकेको बताउनुभयो।

एकीकृत समाजवादी जाजरकोटको छैटौँ जिल्ला अधिवेशन सम्बोधन गर्न जाजरकोट पुग्नुभएका महासचिव भूसालले अगाडि भन्नुभयो, ुओलीकरणले विचार, सिद्धान्त र संगठनलाई तहसनहस पारेको छ। तर, अब जनताको चेतना बढ्दै गएको छ, यसले दीर्घकालीन प्रभाव पार्न सक्दैन। आगामी ८२ सालभित्रै यसको अन्त्य हुनेछ। अब जनताको चेतना उच्च भएको छ, विचारहीन राजनीति र शक्ति मोहको अन्त्य हुने निश्चित छ। ओलीकरण जस्तो प्रवृत्ति ८२ सालभित्रै अन्त्य हुनेछ।’

जिल्ला अधिवेशन जाजरकोट पुग्नुभएका महासचिव भूसालले ‘ओलीकरण’ लाई व्यक्तिवादी, सत्तामुखी र अधिनायकवादी सोचको नाम दिँदै यसले मुलुकको लोकतान्त्रिक अभ्यास र वाम आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *