गोबिन ल्वागून/झिलझिले (शिवसताक्षी), २५ चैत–झापाको शिवसताक्षीमा जारी मेयर कपको आज भएको फुटबल खेलहरुमा वडा नम्बर ८ बिजयी भएको छ ।
शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा आज भएको खेलमा वडा न ८ ले वडा न। ११ लाई ० को विरुद्ध १ गोल गर्दै बिजयी भयो ।
खेलको ४५औ मिनेटमा जर्सी न ८ का खेलाडी मनिस मगरले दिएको क्रस पासलाई जर्सी न १४ का सोहन थापाले पोस्टको जाली चुमाउदै गोल गरे । यो गोल नै निर्णायक गोल बन्न पुग्यो । अनि खेल ० को बिरुद्द् १ गोलको मद्दतले वडा न। ८ ले जित्यो ।
यो जित संगै वडा न ८ ले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निक्कै रोमान्चक र प्रतिस्पर्धात्मक भएको खेलको म्यान अफ द म्याच बिजेता टिमका गोलकर्ता सोहन थापा घोषित हुदै नगद २ हजार १ सय प्राप्त गरे । उनलाई उक्त पुरस्का आजको खेलका प्रमुख अतिथि वडा न ११ का अध्यक्ष बहादुर आङ्बो र बिशिस्ट अतिथि वडा न ८ का अध्यक्ष सन्तकुमार फेवदिनले संयुत हस्तान्तरण गरे ।
प्रतियोगिता अन्तरगत भोली पहिलो सेमिफाइनल खेल वडा न। १० भर्सेज वडा न ८ बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल वडा न २ भर्सेज वडा न ७ बिच हुने आयोजक समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिएका छन।
प्रतितोगिताको बिजेताले नगद ५५ हजरसहित ट्रफी मेडल पाउनेछ्न भने र उपबिजेता टिमले नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेलकुद अध्यक्ष राईको भनाइ छ ।
फाइनल खेल यहि २८ गते बिहिबार हुने बताइएको छ ।
