गोविन ल्वागुन/झिलझिले, २५ चैत–शिवसताक्षीमा जारी मेयर कप २०८१ क्रिकेटतर्फ आजको खेलमा वडा न ९ र वडा न ८ बिजयी भएका छ्न।

सोमबार, झिलझिले खेलमैदानमा सम्पन्न भएको पहिलो खेलमा वडा न ८ ले वडा न ५ लाई १२३ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

वडा न ८ दिएको १९८ रनको लक्ष्य भेटाउन मैदानमा उत्रिएको वडा न ५ ले निर्धारित ओभरमा जम्मा ७४ रन मात्र बनाएपछि खेल वडा न ८ ले सहज जित निकालेको हो ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा वडा न ९ ले वडा न ६ लाई ५६ रनले जितेको छ।

खेलमा वडा न ९ ले निर्धारित १५ ओभरमा १७७ रन बनाउदै १७८ रनको तार्गेट प्रस्तुत गरेको थियो । जवफी ब्यटिङ्गमा उत्रीएको वडा न ६ ले १४.४ ओभरमा अलआउट हुदै १२१ रन मात्र बनाउन सक्यो ।

खेल ५६ रनले वडा न ९ ले जितेको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिनुभयो ।

क्रिकेट खेलको बिजेता टिमले नगद ३५ हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ्न भने उपबिजेता टिमले २५ हजार, ट्रफी।, मेडल र प्रमाण्पात्र पाउने छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *