काठमाडौं, २६ चैत–काठमाडौंका तीन स्थानमा मंगलबार प्रदर्शन हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न ठाउँमा कार्यक्रम गर्न लागेका हुन्।।

राप्रपाले विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्न प्रशासनबाट अनुमति पाएका छन्।

त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने तय भएको छ ।

सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ। सूचना जारी गरी प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ ।

कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *